बैशाख २०, २०८१, बिहीबार
               

बलिउड अभिनेता सुशान्तको मृत्युपछि उनका कुकुरको पनि मृत्यु

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले झुण्डिएर आत्महत्या गरेपछि उदास बनेको उनका कुकुरको पनि मृत्यु भएको छ । अभिनेता राजपुतको मृत्युपछि उक्त कुकुर अत्यन्तै उदास र बिक्षिप्त रहेको बताईएको छ ।

राजपुतको आत्महत्यापछि उनको तस्वीर हेरेर आँसु खसालिरहेको कुकुरको भिडियो पनि सामाजिक सञ्जालमा भाईरल बनेको थियो । फ्युज नाम गरेको उक्त कुकुरले सुशान्तको मृत्युपछि खाना नै नखाएर प्राण त्यागेको बताईएको छ । आफ्नो मालिकको अभावमा बिक्षिप्त बनेको फ्युज लगातार चिन्तित मुद्रामा रहने गरेको थियो । यद्यपी कतिपय मिडिया एजेन्सीहरुले भने उक्त विवरण सही नभएको भन्दै समाचार छापेका छन् ।

यस अघि अभिनेता सुशान्तको निधनले विक्षिप्त बनेकी भाउजु सुधा देवीको बिहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा निधन भएको थियो । देवरको निधनको खबर सुनेकी सुधा सुधा देवी विक्षिप्त भएकी थिइन् । मुम्बईमा जब सुशान्तको दाहसंस्कार हुँदै गर्दा गाउँमा भाउजुले पनि प्राण त्यागेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि