बैशाख २०, २०८१, बिहीबार
               

पलको प्रश्न - 'तपाईंले परिश्रम अनुसार पारिश्रमिक पाउनु भएको छ ?'

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

चलचित्र क्षेत्रमा नेपोटिज्मको विषयमा बहस चर्किरहँदा अभिनेता पल शाहले भने केही फरक प्रश्न खडा गरेका छन् । उनले चलचित्रमा काम गरेर वर्षौंसम्म पारिश्रमिक नपाउँदा कलाकारहरुलाई हुने पिडाको विषयमा आवाज उठाएका छन् ।

कलाकारहरु डिप्रेशनमा जानु पर्ने कारण र आत्माहत्या गर्नुपर्ने कारण नै पारिश्रमिक नपाउने भएको उनको भनाई छ । चलचित्रमा काम गरेको पारिश्रमिक लिन निर्माता-निर्देशकसँग हात जोड्नु पर्ने उनको गुनासो छ । 

चलचित्र क्षेत्रमा नातावाद, कृपावाद, ग्रुपिजम अनि डिप्रेसन र आत्महत्याको कुरा चलिरहँदा अर्को एउटा कुरा उठाउन मन लागेको बताउँदै थुप्रै प्रश्न गरेका छन् ।

- के तपाईंले परिश्रम गरेअनुसार समयमा आफूले पाउनुपर्ने पारिश्रमिक पाइराख्नुभएको छ ?
- के तपाईंले आफूले गरेको चलचित्रको पैसा पाउन वर्षौं वर्षसम्म निर्देशक, निर्मातासँग दुई हात जोड्नुपरेको छ ?
- यो चलचित्र गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौँला भन्ने सोच गरेको कलाकारलाई त्यही चलचित्रको पैसा पाउन वर्षौं वर्ष कुर्नुपर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?
- आफ्नो चलचित्रको सम्झौताअनुसार निर्मातासँग पारिश्रमिक माग्दा 'यो हाम्रो चलचित्रले सोचेको जस्तो व्यापार गरेन, त्यसैले यो पैसा अहिले दिन सक्दिनँ म । यदि ५० प्रतिशत छुट गरिदिने भए गर, नभए पछि विस्तारै दिऊँला भनेर २-३ वर्ष झुलाउँदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आऊला ?

यो विषयमा सबैले सोच्नु पर्ने बेला आएको बताउँदै अभिनेता पलले थपेका छन्, ‘त्यो व्यक्ति डिप्रेसनको शिकार हुनुभन्दा पहिले नै सबैको सामु यो कुरा राख्नु पर्ने जरुरी भएको छ र सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’


कस्तो लाग्यो ?

यो पनि