बैशाख २०, २०८१, बिहीबार
               

स्वाट्टै घटे आलिया र करण जाैहरका फलोअर्स

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

अभिनेता सुशान्त सिंह राजपुतको निधनसँग जोडिएर बलिउडमा फेरि चर्चामा आएको आफन्तवाद (नेपोटिजम) को चर्चाका कारण स्थापित चलचित्र घरानाका व्यक्ति आलोचनाको केन्द्रमा आएका छन् ।

सामाजिक सञ्जालमा स्थापित निर्माता करण जौहर तथा अभिनेत्री आलिया भट्टसहितको तीव्र आलोचना भइरहेको छ । त्यसको प्रभाव उनीहरुको सामाजिक सञ्जालमा पनि देखिएको छ । लाखौँको संख्यामा उनीहरुका फलोअर्स घटेका छन् ।

सुशान्तको निधनपछि निर्माता करण जौहरले इन्स्टाग्राममा पाँच लाखभन्दा बढी फलोअर्स गुमाएका छन् । इन्स्टाग्राममा उनका एक करोड १० लाख भन्दा बढी फलोअर्स थिए ।

यस्तै आलिया भट्टले इन्स्टाग्राममा १५ लाख फलोअर्स गुमाएकी छन् । सुशान्तको निधन अघि इन्स्टाग्राममा उनका चार करोड ८८ लाख भन्दा बढी फलोअर्स थिए । हाल घटेर चार करोड ७३ लाख भएका छन् ।

हालै एउटा ट्वीटका कारण अभिनेत्री सोनम कपूर पनि आलोचनाको केन्द्रमा आएकी छन् ।


कस्तो लाग्यो ?

यो पनि