बैशाख २०, २०८१, बिहीबार
               

नातावादलाई ‘कर्म’ सँग जोड्दा सोनम कपुरलाई गालीको ओइरो

नेपाल फ्ल्यास
असार ०८, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री सोनम कपुर एउटा ट्वीटका कारण हाल ट्रोलको केन्द्र बनेकी छन् । सामाजिक सञ्जालमा उनको धेरैले आलोचना गरेका छन् । सोनमले आइतबार फादर्स डेको अवसरमा गरेको ट्वीटलाई लिएर ट्रोल भएकी हुन् । उनी आइतबार दिनभर सामाजिक सञ्जालमा चर्चामा रहिन् ।

उनले पितालाई समर्पित गर्दै ट्वीट गरेकी थिइन्, ‘आज फादर्स डे को अवसरमा म तपाईँहरुलाई भन्न चाहन्छु कि म मेरो पिताकी छोरी हुँ र आज उहाँकै कारण यो स्थानमा छु । मलाई प्रिभिजेज अर्थात विषेशाधिकार मिल्यो । यो कुनै अपमानको कुरा होइन । मलाई यो सबै दिनका लागि मेरो पिताले कडा मेहनत गर्नु भएको छ । यो मेरो कर्म हो कि कहाँ जन्मिए र कुन परिवारमा जन्मिए । मेरो पिताको छोरी हुनुमा मलाई वर्ग छ ।’

हालै अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा नेपोटिजम (आफन्तवाद) लाई लिएर तीव्र चर्चा भइरहेको छ । प्रहरीले सुशान्तले आत्महत्या गरेको बताएको छ । तर अधिकांशले आत्महत्या नै भए पनि बलिउडमा रहेको नेपोटिजमले उनलाई सो बाटो रोज्न बाध्य पारेको भन्दै हत्याका रुपमा छानविन गर्न माग गरेका छन् ।

सुशान्तको समर्थनमा रहेकाहरुले बलिउडमा स्थापित निर्माताहरुले स्थापित अभिनेता–अभिनेत्रीका छोराछोरीलाई काम दिने गरेकाले क्षमतावान कलाकारहरु छायामा परेको बताएका छन् ।

हालै अभिनेत्री सोनाक्षी सिन्हाले नकारात्मकताबाट पर रहन भन्दै आफ्नो ट्वीटर एकाउन्ट बन्द गरेकी थिइन् । उनले आफ्नो मानसिक स्वास्थ्यको ख्याल गरेर ट्वीटर एकाउन्ट बन्द गरेको जनाएकी छन् । सुशान्तको निधनपछि यहि विषयलाई लिएर निर्माता करण जौहर ट्रोल भएका थिए । त्यसपछि उनले ट्वीटरमा चलचित्र क्षेत्रसँग सम्बन्धित धेरै व्यक्तिलाई अनफलो गरेका छन् ।

अभिनेत्री कंगना रनौत र उर्मिला मातोंडकरले बलिउडमा नेपोटिजमका कारण सही क्षमता भएका र कडा मेहनत गर्नेहरुलाई मौका नदिने गरिएको बताएका छन् ।

गायक सोनू निगमले संगीत क्षेत्रको अवस्था पनि अति नाजुक रहेको र गुटबन्दीका कारण धेरै राम्रा कलाकारले मौका नपाएको बताएका थिए । उनले गुटबन्दी अन्त्य नभए आत्महत्यासहितका अरु धेरै दुःखद खबरहरु आउने बताएका थिए ।


कस्तो लाग्यो ?

यो पनि