बैशाख २०, २०८१, बिहीबार
               

सलमानको आग्रह- 'सुशान्तको परिवारलाई साथ दिऔँ'

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि बलिउडमा ठुलो विवाद चर्किएको छ । निर्माता, निर्देशकदेखि कलाकारसम्म यस विवादमा मुझिएका छन् । 

सलमान खान, करण जोहर, एकता कपूरलगायत ८ जनाविरुद्ध अदालतमा उजुरी समेत दर्ता गरिएको छ । नातावाद र कृपावादको मुद्दालाई उठाएर उनीहरु विरुद्ध मुद्दा दायर गरिएको छ । सामाजिक संजालमा दर्शकले सलमान खान, करण जोहर, आलिया भट्टलाई बहिष्कार गर्ने अभियान नै सुरु गरेका छन् । 

सलमानको विरोध भएपछि सलमानका फ्यान र सुशान्तका फ्यानबीच पनि विवाद चर्किरहेको छ । यस्तैमा, सलमानले आफ्नो सामाजिक संजाल ट्विटरमा आफ्नो शुभचिन्तकलाई एक आग्रह गरेका छन् । 

सलमानले अहिलेको समय सुशान्तको परिवारलाई साथ दिन आफ्नो शुभचिन्तकलाई आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘म आफ्ना सबै फ्यानहरूलाई सुशान्तको फ्यानहरूको साथ खडा हुन र अपमानजनक भाषा प्रयोग नगर्न अनुरोध गर्दछु । हामी सबैले सुशान्तको परिवार र प्रशंसकहरुको भावनाहरू बुझ्ने प्रयास गर्नुपर्दछ र सुशान्तको परिवारलाई यस संकटको घडीमा साथ दिनु पर्नेछ ।’

यो पनि