बैशाख २०, २०८१, बिहीबार
               

च्याम्पियन टीमको घर घरमा कमेडी, विजेतालाई १ लाख पुरस्कार

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो सिजन निकै हिट भयो । रियालिटी शोमा यस शोले छुट्टै छाप बनायो । यस शोले थुप्रै रेकर्ड बनाएको छ । 

अब सोही कमेडी च्याम्पियन टिमले 'घरघरमा कमेडी' नामक रियालिटी शो सुरु गर्ने भएको छ । यस शोमा सहभागी हुन प्रतियोगीले आफ्नै घरबाट भिडियो खिचेर पठाउनु पर्नेछ । 

निर्देशक विशाल भण्डारीका अनुसार प्रतियोगीले खिचेको भिडियोलाई कमेडी च्याम्पियनको एप्समा पोस्ट गर्नुपर्ने छ । जहाँबाट निर्णायकले उत्कृष्ट भिडियोको छनोट गर्नेछन् ।

अर्को साताबाट सुरु हुने यस शो ५-६ हप्तासम्म चल्नेछ । कमेडी च्याम्पियनकै फर्म्याटमा हरेक हप्ताको प्रस्तुतिबाट निर्णायकले उत्कृष्ट प्रतियोगी चुन्नेछन् । 

घरघरमा कमेडीमा सहभागी उत्कृष्ट १ जनाले १ लाख रुपैयाँ नगद पुरस्कार पाउने निर्देशक भण्डारीले बताए । उनका अनुसार विजेतासँगै उत्कृष्ट ३ प्रतियोगीले सिधै 'कमेडी च्याम्पियन सिजन- २' को उत्कृष्ट २४ मा प्रवेश पाउनेछन् ।

यो पनि