बैशाख २०, २०८१, बिहीबार
               

घर फर्किइन् कोरोना संक्रमित अभिनेत्री निरिशा

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

झण्डै दुई साता अगाडि कोरोना संक्रमण देखिएपछि अभिनेत्री निरिशा बस्नेत अस्पता भर्ना भएकी थिइन् । मुम्बाईमा रहेकी निरिशा त्यहीँको अस्पतालमा उपचार गराइरहेकी थिइन् । 

अहिले निरिशा घर फर्किएकी छिन् । स्वस्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले घर फर्काएको हो । तर, उनी पूर्ण रुपमा निको भएकी भने होइनन् । 

उनी पूर्ण रुपमा निको भएको भन्ने समचार आएपछि निरिशाले आइतबार आफूलाई अझै कोरोना संक्रमण भएको भन्दै एक पोष्ट गरेकी छिन् । उनले त्यहाँ आफ्नो स्वस्थ्यको ख्याल राख्ने सबैलाई धन्यवाद भनेकी छिन् ।

चलचित्र ‘जानी नजानी’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री निरिशा बलिउड प्रवेशका लागि मुम्बईमा संघर्षरत छिन् । उनले ‘चन्द्र नन्दिनी’ नामक भारतीय सिरियलमा काम गरिसकेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि