बैशाख २०, २०८१, बिहीबार
               

सोनाक्षी सिन्हाले किन लेखिन् ‘अलविदा ट्वीटर’

एजेन्सी
असार ०७, २०७७

ADVERTISEMENT

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा ट्वीटरबाट बिदा भएकी छन् । उनले आफ्नो एकाउन्ट निष्क्रिय गरेकी छन् । नकारात्मकताबाट पर रहन र आफ्नो मानसिक स्वास्थ्यलाई ध्यानमा राखेर ट्वीटरबाट बिदा हुने निर्णय गरेको सोनाक्षीले बताएकी छन् ।

उनले यो जानकारी आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत दिएकी हुन् ।

उनले इन्स्टाग्राममा आफ्नो ट्वीटर पोस्टको स्क्रीनसत पोस्ट गरेकी छन्, जसमा लेखिएको छ, ‘आफ्नो मानसिक स्वास्थ्य र नकारात्मकताबाट पर रहनका लागि मैले पहिलो कदम चालेकी छु । मेरो ट्वीटर एकाउन्ट डिएक्टिभेट गर्दै छु ।’

सोनाक्षीले आफ्नो इन्स्टाग्राम एकाउन्टको कमेन्ट सेक्सन पनि डिसेबल गरेकी छन् । उनले लेखेकी छन्, ‘आग लगे बस्ती में, मैं अपनी मस्ती में । अलविदा ट्वीटर ।’


 


कस्तो लाग्यो ?

यो पनि