बैशाख २०, २०८१, बिहीबार
               

केकीको विश्वास- 'चलचित्र क्षेत्र फिल्टर हुनेछ'

नेपाल फ्ल्यास
असार ०६, २०७७

ADVERTISEMENT

नायिका केकी अधिकारी अब चलचित्र क्षेत्रमा फिल्टर हुने बताउँछिन् । कोरोना र लकडाउनले गर्दा चलचित्र क्षेत्रको गन्जागोल हट्ने केकीको विश्वास छ । 

केकीले अब चलचित्र क्षेत्रमा एनआरएन निर्माताहरुले लगानी गर्ने आट नगर्ने बताउँछिन् । उनले भनिन्, ‘अहिले जसरी चलचित्र क्षेत्रमा बाहिरी देशमा रहेकाहरुले लगानी गरिरहेका छन्, त्यो हट्नेछ । अब जेनुन निर्माताहरुले मात्र चलचित्र बनाउनेछन् ।’

आर्थिक रुपमा घाटा बेहोर्नु परेको चलचित्र क्षेत्रलाई यस कुराले भने फाइदा नै हुने केकीको विश्वास रहेको छ ।

केकी चलचित्र 'परदेशी-२' को छायाङ्कनमा ब्यस्त थिइन् । लकडाउनका कारण उक्त चलचित्रको छायांकन स्थगित भएको छ । केकी अब 'कमेडी च्याम्पियन सिजन - २' को तयारी गरिरहेकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि