बैशाख १६, २०८१, आइतबार
               

सुशान्तको यादमा उनको कुकुर, जसले गरे भावुक पोस्ट

एजेन्सी
असार ०५, २०७७

ADVERTISEMENT

बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड फिल्म इण्डष्ट्रिमा ठूलो हलचल उत्पन्न भएको छ । 

सुशान्तको यादमा उनका प्रशंसक निकै दुःखी भइरहेका छन् । 

यसैबीच, उनको कुकुर ल्याब्राडोरले उनको यादमा गरेका हर्कतहरु यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

सुशान्तको यादमा उनको कुकुरले गरेका क्रियाकलापले धेरैलाई रुवाएको छ । कुकुरको भिडियो बिग बोस–१० का बिजेता मनवीर गुर्जरले सामाजिक सञ्जालमा शेयर गरेका छन् । 

सुशान्तको मृत्युपछि कुकुर सुशान्तको पखाईमा बसिरहेको मनवीर गुर्जरले उल्लेख गरेका छन् । 

उनले केही तस्बिर जोडेर सुशान्तको फर्किने आसमा कुकुर बसिरहेको बताएका छन् । 

मनवीरले तस्बिरसँगै भावुक क्याप्सन पनि लेखेका छन् । उनले लेखेका छन्, ‘ब्रो सुशान्त सिंह राजपूर कोही अरु हैन यसले त तिम्रो महत्त्व आज पनि बुझ्छ ।’


कस्तो लाग्यो ?

यो पनि