बैशाख २०, २०८१, बिहीबार
               

कस्तो बन्ला ‘आँधी तुफान- २’ ?

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

चलचित्र ‘आँधी तुफान- २’ बन्ने भएको छ । लेखक तथा निर्माता मौनता श्रेष्ठले यस चलचित्र निर्माण गर्न लागेका हुन् । लकडाउनको समय उनले चलचित्रको कथा तयार गरिसकेका छन् ।

वि.सं २०६१ सालमा निर्माण भएको सफल चलचित्र ‘आँधी तुफान’को नामबाट मौनताले नयाँ चलचित्र बनाउन लागेका हुन् । ‘आँधी तुफान’लाई महेन्द्र बुढाथोकी निर्देशन गरेका थिए । 

कोरोनाको त्रास सकिए यस चलचित्रको भदौबाट छायांकन सुरु गरिने मौनताले बताए । रत्न श्रेष्ठ कार्यकारी निर्माता रहने चलचित्रका लागि निर्देशक र कलाकारको छनोट भइरहेको छ ।

महिला प्रधान एक्सन चलचित्र ‘आँधी तुफान’मा पुजना प्रधान, ऋचा घिमिरे र रञ्जु लामिछानेको मुख्य भूमिका थियो । अब यसको सिरिजका लागि पनि केही नयाँ तथा पूराना अनुहारलाई लिने तयारी निर्माण पक्षले गरेको छ ।

नेपाली समाजमा भइरहेको नारीमाथिको दमन, शोषण र अत्याचारको कथामा यो चलचित्र निर्माण हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि