बैशाख २०, २०८१, बिहीबार
               

दीपकले ऋचालाई बेचे दुई चलचित्रको ‘एप्स राइट्स’

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

केही दिन अगाडि अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्नो दुई चलचित्र ‘छक्का पञ्जा ३’ र ‘छ माया छपक्कै’लाई एक एप्सबाट रिलिज गर्ने बताएका थिए । तर, उनले उक्त एप्सको विषयमा बोलेका थिएनन् ।

अहिले उक्त एप्सको विषयमा समचार बाहिरिएको छ । नायिका ऋचा शर्माले अमेरिकन टिमसँग मिलेर संचालन गर्न लागेको ‘चलचित्र टिभी’ नामक एप्समा यी दुई चलचित्र रिलिज हुनेछन् । समचार स्रोतका अनुसार ऋचाले यी दुई चलचित्रको लागि राम्रो पैसा तिरेकी छिन् । 

यस एप्स जुन २४ तारिखमा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यस एप्समा नेपाली चलचित्रहरु पैसा तिरेर हेर्न मिल्नेछ ।

अहिले निर्माता तथा चलचित्रकर्मीहरु आफ्नो चलचित्रलाई डिजटल प्ल्याटफर्ममा रिलिज गर्ने चलन सुरु गर्न थालेका छन् । यस्तै एप्सहरुमा चलचित्र रिलिज गर्ने हो भने निर्मातालाई पनि ठुलो राहत हुने चलचित्रकर्मीहरुको भनाई छ । 

यो पनि