बैशाख २०, २०८१, बिहीबार
               

अभिताभले गरे पाँच सय मजदुरलाई सहयोग

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाका कारण समस्यामा परेका मजदुरलाई सहयोग गरेका छन् । अर्का कलाकार सोनु सुदले मजदुरलाई घरसम्म पुर्‍याउन सहयोग गरिरहेको समयमा अभिनेता अमिताभ पनि अघि सरेका हुन् ।

उनले लकडाउनका कारण समस्यामा परेका मजदुरलाई घरसम्म पुर्‍याउनका लागि जहाजको व्यवस्था गरेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले वाराणसीका ५ सय मजदुरलाई घर पुर्‍याउनका लागि तीन फ्लाइटमार्फत सहयोग गरेका हुन् ।

अभिनेता अमिताभ भने यस विषयलाई प्रचार गर्न चाहेका छैनन् । यसैले यो काम उनले आफ्नो कम्पनी एबी कर्पोरेसन लिमिटेडका म्यानेजिङ डाइरेक्टर राजेश यादवको निगरानीमा गरिरहेका छन् ।

मजदुरको अवस्था देखेर भावुक बनेका अमिताभ उनीहरूको सहयोगका लागि अगाडि आएको बताइएको छ । अमिताभले अन्य राज्यका मजदुरहरूको सहयोगका लागि पनि हात अगाडि बढाउने तयारी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि