बैशाख १९, २०८१, बुधबार
               

बलिउड अभिनेता सलमान खानमाथि लाग्यो संगीन आरोप

नेपाल फ्ल्यास
असार ०४, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड स्टार अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउड उद्योगमा नातावाद र पक्षपात विषयको चर्चा चुलिएको । सोसल मिडियामा केही बलिउड सेलिब्रिटीदेखि सर्वसाधारणले करण जोहार, आलिया भट्ट, सलमान खान र उनको परिवारका सदस्यमाथि निशाना साँधेका छन् ।

दिवंगत नायिका जिया खानकी आमाले पनि एउटा भिडियो सेयर गर्दै सुशान्तको निधनमा दुःख व्यक्त गरेकी छन् । यस्तै, उनले सलमानमाथि संगीन आरोपसमेत लगाएकी छन् ।

जिया खानकी आमा राबिया खान अमिनले एक भारतीय मिडियालाई लण्डनबाट एउटा भिडियो सेयर गरेकी छन् जसमा उनले भनेकी छिन्, ‘मेरो समवेदना सुशान्त सिंह राजपूतको परिवारप्रति छ, यो खबर हृदयविदारक छ, यो कुनै मजाक होइन । बलिउड अब ब्यूँझने र परिवर्तन हुनुपर्ने बेला आएको छ । बलिउडले जे गर्दै आएको छ, अब त्यस्तो गर्न बन्द गर्नुपर्छ । कसैको खुट्टा तान्नु पनि एकप्रकारको हत्या गर्नु जस्तै हो ।’

राबियाले आफ्नो यो भिडियोमा सलमान खानमाथि संगीन आरोप लगाउँदै भनेकी छन्, ‘अहिले जे भयो, त्यसले मलाई सन् २०१५ को याद दिलायो, त्यतिबेला म एक सिबिआई अधिकारीलाई भेट्न गएकी थिएँ, ती अधिकारीले मलाई केहि महत्वपूर्ण प्रमाण भेटिएको भन्दै लण्डनबाट बोलाएका थिए, त्यहाँ पुग्दा उनले आफूलाई सलमान खानको फोन आउने गरेको बताए, सलमानले उनीसँग पैसाको कुरा गरेको पनि सिबिआई अधिकारीले मलाई बताए, सलमानले सिबिआइलाई ती केटासँग सोधपुछ नगर्न भनेछन्, सिबिआईले मलाई ‘त्यो केटालाई नछुन भनेका छन्, अब भन्नुहोस् म्याडम, के गरौं’ भनेर सोधेका थिए ।’

राबियाले थपिन्, ‘सिबिआई अधिकारी पनि यस्ता कुराबाट चिन्तित भएको देखिन्थे, त्यसपछि मैले यो मुद्दालाई दिल्लीको उच्चाधिकारीसम्म पुर्याएँ, यदि तपाईं पैसा र पावरबाट अनुसन्धानलाई प्रभावित पारिरहनुभएको छ भने मलाई थाहा छैन एक नागरिकको रुपमा हामी कुन दिशामा गइरहेका छौँ,  म यो मात्र भन्न चाहन्छु कि अब जाग्ने बेला आएको छ, लड्नुहोस्, बलिउडको यो विषालु व्यवहार समाप्त गर्नुहोस् ।’

स्मरण रहोस्, सन् २०१३ जून ३ मा जिया खानले २५ वर्षको उमेरमा आत्महत्या गरेकी थिइन् । जियाको मृत्युको कारण अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन । आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीमाथि जियालाई मृत्युका लागि उक्साएको आरोप लाग्यो । यो मामिलामा सुरज पञ्चोलीलाई जेल सजाय पनि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि