बैशाख २०, २०८१, बिहीबार
               

सलमान र करणका कारण मरेका हुन् सुशान्त ?

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको कारण बलिउडकर्मी नै भएको धेरैले आरोप लगाइरहेका छन् । केही ठूला व्यानरले बलिउडमा उनलाई बहिष्कार गरेपछि उनी डिप्रेसनमा पुगे र आफूलाई अन्त्य गरेको धेरैको आरोप छ । 

बुधबार सुशान्तको मृत्युको कारण अभिनेता सलमान खान, निर्माता करण जोहर, एकता कपुर, संजयलीला भन्सालीलगायत भएको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ ।

वकिल सुधीर कुमारले दर्ता गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भूषण कुमार र निर्देशक दिनेशको पनि नाम उल्लेख गरेका छन् ।

उल्लेखित बलिउडकर्मीले सुशान्तलाई बलिउडका कार्यक्रमहरू तथा अवार्डहरूमा 'ब्याण्ड' गरेको र त्यसका कारण सुशान्त डिप्रेसनमा पुग्नुपरेको वकिल ओझाले आरोप लगाएका छन् । यस मुद्दाको सुनुवाइ ३ जुलाईमा हुनेछ ।

यो पनि