बैशाख १९, २०८१, बुधबार
               

माग पूरा गर्न सरकारलाई चलचित्र संघको ७ दिने अल्टिमेटम

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

नेपाल सरकारले यस वर्षको आर्थिक बजेटमा नेपाली चलचित्र क्षेत्रलाई नसमेटेको भन्दै चलचित्र संघले आपत्ती जनाएको छ । 

मंगलबार बसेको चलचित्र संघको बैठकले सरकारसमझ केही लिखित माग समेत पेश गरेको छ । चलचित्र विकास बोर्ड मार्फत् बुझाइएको उक्त माग पूरा गर्नलाई चलचित्र संघले एक हप्ते अल्टिमेटम दिएको छ । 

माग पुरा नभए अषाढ ९ गतेबाट संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी संघले दिएको छ ।

कोरोनाका कारण बन्द भएका अन्य पेशा/व्यावसायहरु सुरु भइसकेका छन् । तर, चलचित्र क्षेत्र अहिले तत्काल सुचारु हुने अवस्थामा छैन । सबैभन्दा ठुलो घाटा बेहोर्नु पर्ने नै चलचित्र क्षेत्रले भएको धेरैको आवाज उठिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि