बैशाख २०, २०८१, बिहीबार
               

सुशान्तको आत्महत्यापछि नेपालमा सुरु भएको बहश

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

गत आइतबार बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्माहत्या गरे । सुशान्तको आत्माहत्या डिप्रेशनको कारण भएको भनाई छ । राम्रो काम गर्ने सुशान्त चलचित्र क्षेत्रकै कारण डिप्रेशनमा पुगेका थिए । 

उनै सुशान्तको मृत्युपछि अहिले नेपाली चलचित्र क्षेत्रमा पनि बहश सुरु भएको छ । कलाकारहरु डिप्रेशनमा पुगेर मर्नु परेको विषयमा नेपाली कलाकार बोल्न थालेका छन् । 

नायिका वर्षा सिवाकोटीले त नेपाली चलचित्र क्षेत्रमा भएको नातावादका कारण आफू पनि डिप्रेशनमा गएको फेसबुक स्टाटसमा नै लेखेकी छिन् । यहाँ क्षमताको भन्दा पनि नतावाद, समुह बनाउने, प्रेमका कारण चलचित्रमा काम गराउने प्रवृति रहेको वर्षाको गुनासो छ । 
त्यस्तै, नायिका नम्रता सापकोटाले ‘परिवारवाद’ नेपाली चलचित्र क्षेत्रमा हाबी भएको उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्– ‘यहाँ कलाकारितालाई भन्दा पनि आफ्नोलाई बढी साथ दिने चलन छ । कलाकार चाहियो भनेर घोषणा गरिन्छ, तर अन्त्यमा आफ्नै छोराछोरी, भजिता–भतिजीलाई नै लिएर काम गरिन्छ ।’

आफ्नै परिवारको व्यक्तिलाई कलाकार लिने र महंगो पारिश्रमिक लियो भनेर हल्ला फिजाइने गरिएको पनि गुनासो गरेकी छिन् । उनले चलचित्रकर्मीले आफ्नैलाई महत्व दिदा अरु कलाकार डिप्रेशनमा नगएर के गर्नु त ? भनेर प्रश्न समेत उठाएकी छिन् ।

नायक आमेश भण्डारीले पनि यस विषयमा बोलेका छन् । उनले राम्रो कलाकारले चलचित्र नपाएर डिप्रेशनमा जान नपरोस् भन्दै स्टाटस लेखेका छन् ।

उनले लेखेका छन्, 'यहाँ ग्रुपिज्म हुन्छ । मानिसहरुले प्राथमिकतामा राखेर काम गर्छन् । तर जो सक्षम कलाकार छन्, जो यही क्षेत्र नै परिवार हो भनेर जीवन यसमै विताइरहेका छन् । उनीहरुलाई कहिले पनि कामको खाँचो नहोस् । पैसा नपाएर कसैले आत्महत्या नगरुन् । राम्रो चलचित्र नपाएर कोही पनि डिप्रेशनमा नजाओस् ।’


कस्तो लाग्यो ?

यो पनि