बैशाख १९, २०८१, बुधबार
               

सुशान्तको हत्यारा बलिउड भएको कंगनाको आरोप

नेपाल फ्ल्यास
असार ०२, २०७७

ADVERTISEMENT

 बलिउड अभिनेता सुशान्तसिंह राजपुतको आत्महत्या प्रकरणमा बलिउडको असहिष्णु र परिवारवादको राजनीतिले भूमिका खेलेको भन्दै सामाजिक सञ्जालमा बहस सुरू भएको छ ।

राजपुतका सपना भवानी, अनुभव सिन्हा र निखिल द्विवेदीलगायतका साथीहरूले बलिउडको पाखण्डी शैलीको चर्को आलोचना गरेका छन् ।

बलिउडमा पाखण्ड मौलाएको भन्दै बलिउड अभिनेत्री कंगना रनावटले पनि चर्को आलोचना गरेकी छन् ।

इन्स्टाग्राममा एक भिडिओ पोस्ट गर्दै  कंगनाले सुशान्तको दु:खद् अवसान आत्महत्या हो या योजनाबद्ध हत्या हो भन्दै बलिउड उद्योगप्रति प्रश्न उठाएकी छन् ।

'तपाईंले उसका पछिल्ला पोस्टहरू हेर्नुस्, आफ्नो बलिउडमा कोही गडफादर नभएकाले स्पष्ट शब्दमा उसले मानिसहरूलाई उसको फिल्म हेर्न भनेको छ। फिल्म नहेरिए आफू उद्योगबाट बाहिर फालिने चिन्ता व्यक्त गरेको छ ।

'यहाँ पत्रकारहरूको यस्तो तप्का छ जसले सुशान्त मानसिक, विक्षिप्त र दुर्व्यसनी भएको भनेर अन्धाधुन्ध लेख्छ। तर उनीहरूले सञ्जय दत्तको दुर्व्यसनलाई भने आकर्षक देख्छन्,’ उनले भिडिओमा भनेकी छन्।

यसैगरी भारतका पूर्वसासंद सञ्जय निरूपमले आफ्नो ट्विटमा 'छिछोरे'को व्यापक सफलताका बाबजुद् ६ महिनाको अवधिमा ७ वटा सिनेमा गुमाएको लेखेका छन्। बलिउडको यस किसिमको क्रुरताको उनले चर्को आलोचना गरेका छन् ।  

सुशान्तसिंह राजपुत मुम्बईको बान्द्रास्थित आफ्नै घरमा आइतबार पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएका थिए ।


कस्तो लाग्यो ?

यो पनि