बैशाख १४, २०८१, शुक्रबार
               

सुशान्तको आत्महत्यापछि मनिषाको यस्तो प्रतिक्रिया

नेपाल फ्ल्यास
जेठ ३२, २०७७

ADVERTISEMENT

अभिनेत्री मनिषा कोइरालाले चर्चित भारतीय कलाकार सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबर सुन्दा आफू स्तब्ध भएको बताएकी छन् ।

मनिषाले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छिन्, ‘यो सुन्दा म निकै स्तब्ध भएँ... बिभिन्न विषयमा उनले गर्ने बहस म निकै मन पराउँथेँ... मेरो हार्दिक समवेदना ! ओम शान्ति...,’ 

सुशान्त आइतबार मुम्बाईस्थित आफ्नै घरमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

३४ वर्षीय सुशान्तले  के कारणले आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

उनी ६ महिनादेखि डिप्रेसनमा रहेको भन्दै प्रहरीले डिप्रेसनकै कारण उनले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ ।

टेलिसिरियलबाट करिअर सुरुवात गरेका उनको पहिलो सिरियल ‘किस देशमे हे मेरा दिल’मा अभिनय गरेका थिए । 

उनको विशेष परिचय भने एकता कपुरको धारावाहिक सिरियल ‘पवित्र रिस्ता’बाट मिलेको थियो ।

यो पनि