बैशाख १५, २०८१, शनिबार
               

बलिउड स्टार सुशान्तले गरे आत्महत्या

एजेन्सी
जेठ ३२, २०७७

ADVERTISEMENT

बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।

मुम्बईको बान्द्रास्थिती फ्ल्याटमा उनको शव भेटिएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् । 

आफ्नै निवासमा पंखामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । 

उनले किन आत्महत्या गरे भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय खबरअनुसार, सुशान्तका सहयोगीले यस घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन् ।

महेन्द्र सिंह धोनीको बायोपिकमा बनेको फिल्ममा सुशान्तले मुख्य भूमिका निर्वाह गरेका छन् ।

सुशान्त पटनामा जन्मिएका थिए । सन् २००० मा उनी परिवारसहित दिल्ली आएका थिए 

सुशान्तका चार दिदी बहिनी छन् । तीमध्ये एक मीतू राज्य स्तरकी क्रिकेट खेलाडी हुन् ।

सुशान्तले ब्याकअप डान्सरको रुपमा आफ्नो करियर सुरु गरेका थिए । टिभीमा उनको पहिलो सिरियल बालाजी टेलिफिल्म्सको ‘किस देश मे शै मेरा दिल’ थियो । त्यसपछि ‘पवित्र रिश्ता’ सिरियलमार्फत् उनले चर्चा पाए । 

उनी डान्स रियालिटी शो जरा नच के दिखा र झलक दिखलाजामा पनि देखिए । उनले काय पो चे, शुद्ध देसी रोमान्स, पीके र केदारनाथ फिल्ममा काम गरेका छन् । 

उनी आमिर खार र अनुष्का शर्मा अभिनित चर्चित फिल्म पिकेमा समेत काम गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि