बैशाख १७, २०८१, सोमबार
               

दिनेशको निर्देशनमा काम गर्दै प्रदीप

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

गत वर्षको चैतमा प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेम गीत-३’ रिलिज हुने तयारीमा थियो । तर, कोरोनाका कारण चलचित्र रिलिज हुन पाएन । अब उक्त चलचित्र अनिश्चित समयको लागि पछाडि धकेलिएको छ । 

अहिले लकडाउनका कारण प्रदीप फुर्सदिला बनेका छन् । यस्तैमा उनको नयाँ चलचित्रको विषयमा अहिले समाचारहरु आइरहेका छन् । प्रदीपले निर्देशक दिनेश राउतसँग सहकार्य गरेर चलचित्रमा काम गर्न लागेको समचार आइरहेका छन् । 

नाम नखुलेको उक्त चलचित्रको हाल स्कृप्टको काम भइरहेको छ । पहिला प्रदीपसम्म आइपुगेका निर्माताले प्रदीपकै सिफारिसमा दिनेश राउतलाई निर्देशकमा रोजेका थिए । बुझिए अनुसार, यस चलचित्र निर्देशनमा दिनेशले निकै महंगो पारिश्रमिक लिएका छन् । 

प्रदीप हेमराज विसीको निर्देशनमा बन्न लागेको चलचित्रको पनि तयारी गरिरहेका थिए । जुन चलचित्रमा प्रदीपले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाध्नेछन् । 

यो पनि