बैशाख २०, २०८१, बिहीबार
               

गायक भूपुकाे ‘छोटो छ जिन्दगी’

नेपाल फ्ल्यास
जेठ ३०, २०७७

ADVERTISEMENT

गायक भूपु पाण्डेले आफ्नो नयाँ गीत ‘छोटो छ जिन्दगी’ बजारमा ल्याएका छन् । गायक पाण्डे र चर्चित हाँस्यटेलिश्रृङ्खला सक्किगोनीकी सिर्जना अर्थात् उषा उप्रेतीको उक्त गीतलाई दर्शकको अत्यधिक माया र तारिफ मिलेको छ । सामाजिक संजालमा फ्यानहरुले गीतको शब्द संगीत र भिडियो उत्कृष्ट बनेको भन्दै प्रशंसा गरेका हुन् ।

नारायण नेपालको शब्द रहेको ‘छोटो छ जिन्दगी’ गीतमा संगीत तथा स्वर भूपु पाण्डे र मेलिना मैनालीको स्वर रहेको छ । वैदेशिक रोजगारीले दम्पती जीवनमा ल्याएको विछोडलाई कलात्मक शैलीले प्रस्तुत गरिएको छ। भिडियो हेरेपछि दर्शकहरुले गीतले रुवाएको भन्दै टिमको विशेष प्रशंसा गरेको छ ।

गायक स्वयं र उषाको अभिनय रहेको म्युजिक भिडियोको कथा, कन्सेप्ट तथा निर्माण पनि गायक आफ्नै रहेको छ भने सागरबाबु भट्टले डेब्यु निर्देशन रहेका छन् ।  अछामको तुल्तादेखि भारतको राजस्थानसम्मको स्थललाई भिडियोमा समावेश गरिएको छ ।

योगेश दाहालले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन तथा श्याम कुँवरले रंग सम्पादन गरेका हुन् ।

संगीतमा एम. म्युज गरेका गायक भूपु नेपाली गीत संगीतमा झण्डै एक दशकदेखि सक्रिय छन् । उनले ‘जेपिटी मेरो वालमा ट्याग नगर’,  ‘बोल न बोल ए चम्पा’, ‘बोकी लैजाउ है पानी पर्ला बाटैमा’ लगायत दर्जनौँ चर्चित गीतहरु बजारमा ल्याइसकेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि