बैशाख २०, २०८१, बिहीबार
               

नायिकाको छोराले नग्न तस्बिर पठाएको सीमाको आरोप

एजेन्सी
जेठ ३०, २०७७

ADVERTISEMENT

भारतको केरलकी ट्रान्सवुमन मेकअप आर्टिस्ट सीमा विनितले मलयालम नायिका माला पार्वतीका छोराले आफूलाई नग्न तस्बिर पठाएको आरोप लगाएकी छिन् । 

सीमा विनितले सामाजिक सञ्जालमार्फत् यसको खुलासा गरेकी हुन् । आफ्नो छोरामाथि लागेको आरोपमा पार्वतीले कुनै पनि हालतमा आफ्नो छोराको बचाउ नगर्ने र वास्तविकता थाहा पाउनका लागि रिपोर्ट दर्ता गरेको बताएकी छिन् ।

फेसबुकमा लाइभमा सीमाले नायिकाको नाम त लिइनन् तर भिडियोको अन्तिममा उनले मालाका छोराको नाम भने बताइन् । 

सीमाले भनिन्, ‘मलाई ती व्यक्तिले सन् २०१७ देखि अश्लिल सन्देश पठाइरहेका थिए, जुन मैले हालै मात्रै देखेँ । मेरो पोस्ट देखेपछि नायिकाले माफी मागेकी छिन् र आफ्नो छोरालाई ठिक पार्न कोसिस गर्ने बताएकी छिन् । उनले मेराे साथ दिने समेत बताएकी छिन् ।’

मालाको कुरा

माला पार्वतीले सामाजिक सञ्जालमा (लाइभमा) छोराविरुद्ध विवादास्पद आरोप जानकारीमा आएको र सीमासँग माफी मागेको बताएकी छिन् । उनले महिला र आमा भएको नाताले उनलाई कानूनी कारवाहीको सल्लाह दिएको पनि उल्लेख गरेकी छिन् । मालाले भनेकी छिन्, ‘मैले सीमाकी एक साथीसँग कुरा गरेकी थिएँ सीमाले क्षतिपूर्ती पाए मात्रै यो विषयमा सम्झौता गर्ने बताएकी छिन् ।’

मेकअप आर्टिस्ट सीमा / माला पार्वती र उनका छोरा

सीमाको दाबी

मालाको क्षतिपूर्तीको कुरामा सीमाले भनिन्, ‘मैले क्षतिपूर्तीको कुरा गरेँ रे ? मैले आफ्नो व्यक्तित्वको मूल्य लगाएँ होला, सुन्दा नै अचम्म लाग्छ । यदि मैले क्षतिपूर्तीको कुरा गरेको भए मलाई प्रमाण दिइयोस् । मलाई लाग्छ कि यो घटनालाई राजनीतिकरण गरिएको छ ।

आपसी सहमति

यसैबीच, मालाले भनेकी छिन्, ‘सीमासँग कुरा भएको कुरा छोराले स्विकार गरेको छ तर यो आपसी सहमतिमा भएको थियो । वास्तविकता सार्वजनिक हुनुपर्छ त्यसकारण मैले रिपोर्ट दर्ता गरेको छु र आफ्नो छोराको फोन पनि जिम्मा दिएको छु । म सीमाको साथमा छु र आफ्नो छोराको समर्थन गर्दिनँ । मेरो छोराले उनीहरुले एक–अर्कालाई चिनेको र उनीहरुको कुराकानी पूर्ण रुपमा सहमतिमा भएको हो ।’

-एजेन्सी 


कस्तो लाग्यो ?

यो पनि