बैशाख २०, २०८१, बिहीबार
               

यी कलाकार जो मासु खादैनन् ...

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

मासु तपाई हामी सबैलाई मन पर्ने परिकार हुन सक्छ । तर, कसैले मासु खान हिचकिचाउनु हुन्छ । मासु खानु हुदैँन् भन्ने मान्यता राख्नुहुन्छ । त्यस्तै केही सेलिब्रेटीहरुले पनि मासुलाई निषेध गरेका छन् ।

अहिलेका चर्चित नायक अनमोल केसी मासु खादैँनन् । उनी कृष्णभक्त हुन् । उनी सानै उमेरदेखी मासु खादैँनन् । उनी मासुमात्र हैन्, अल्कोहल पनि खादैँनन् ।

त्यस्तै, नायक प्रदीप खड्का त्यहीँ समुहमा पर्छन्, जसले मासु खान हुन्न भन्ने मान्यता राख्छन् । झण्डैं १० बर्षदेखि उनले मासु खादैँनन् । चलचित्रको छायाँकनका बेलामा शारिरिक अभ्यास गर्नुपर्ने भएकाले उक्त समय भने उनले अण्डा खान्छन् ।

डेब्यु चलचित्र ए मेरो हजुर ३ बाट नै चर्चामा आएकी नायिका सुहाना थापा पनि मासु खादिनन् । भगवान श्रीकृष्णको भक्त भएकै कारण उनी मासु खादिनन् ।

नायक निखिल उप्रेती पनि मासुबाट टाढा छन् । उनले मासु छोडेको पनि लामो समय भइसकेको छ ।

नायिका निशा अधिकारीमा मासु नखाने समुहमा पर्छिन् । उनीले मासु नखाएको लामो समय भइसक्यो । उनी सागपात भनेपछि हुरुक्कै हुन्छिन् ।

निर्देशक दिपाश्री निरौला पनि मासु खादिनन् । उनले मासु नखाएको बर्षौ भइसक्यो । लगभग २२ बर्षदेखि उनी मासु परिकारबाट टाढा छिन् । दीपाले एउटा ध्यान केन्द्रमा पुगेपछि मासु छोडेकी हुन् ।

कलाकार दीपकराज गिरी पनि आजभोली मासु खादैँनन् । दीपाश्रीको संगत गर्न थालेपछि दीपकले मासु छोडेको बताइन्छ । तर, उनी अण्डा भने खान्छन् ।

नायक दीलिप रायमाझीले आजसम्म मासु चाखेका पनि छैनन् । उनी जन्मजात शाकाहारी हुन् ।  


कस्तो लाग्यो ?

यो पनि