बैशाख २०, २०८१, बिहीबार
               

सुरु हुने भयो ‘राधे’को छायांकन, हलमै रिलिज हुनेछ फिल्म !

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

लकडाउनका कारण समय ठप्प रहेको बलिउडमा केही चहलपहल सुरु भएको छ । सरकारले चलचित्रलाई छायांकनको अनुमति दिएसँगै बलिउडमा चहलपहल सुरु भएको हो । 

लकडाउनका कारण अभिनेता सलमान खान खान स्टारर चलचित्र ‘राधे’को पनि छायांकन रोकिएको थियो । ‘राधे’को अन्तिम सेड्युल मात्रै बाकीँ थियो । तर, कोरोनाका कारण चलचित्र पूर्ण हुन पाएको थिएन । 

सरकारले छायांकनको अनुमति दिएसँगै राधेको छायांकन सुरु गर्ने तरखरमा निर्माण पक्ष देखिएको छ । सुरक्षा संयन्त्र अपनाएर चलचित्रको छायांकन सुरु गर्न लागिएको निर्माण पक्षले जानकारी दिएका छन् । 

गत इदमा रिलिज गर्ने तयारी रहेको यस चलचित्र उक्त मितिमा रिलिज हुन सकेन । चलचित्रलाई ओटीटी प्ल्याटफर्ममा रिलिज गर्ने समचार पनि बाहिरिएको थियो । तर, बुझिए अनुसार यस चलचित्र हलमा नै रिलिज हुनेछ । चलचित्रलाई दिवालीमा रिलिज गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि