बैशाख १९, २०८१, बुधबार
               

रोपाई गर्दै ‘नेपथ्य’का गायक अमृत गुरुङ

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

नेपालको सर्वाधिक सफल व्याण्ड हो, ‘नेपथ्य’ । त्यसका मुख्य व्यक्ति हुन्, गायक अमृत गुरुङ । हेर्दा सामान्य देखिने अमृतमा यस्तो खुबी छ कि, उनले जो कोही व्यक्तिलाई पनि आफ्नो गीतले मन्त्रमुग्द बनाइदिन्छन् । केही छिनमा नै उनले भिड जम्मा गर्न सक्छन् । 

विश्वका प्राय: देशहरुमा उनले कन्सर्ट गरिसकेका छन् । उनको कन्सर्टमा जति दर्शक अन्य कलाकारको कन्सर्टमा देखिदैँनन् । सोही अनुसार ‘नेपथ्य’को पारिश्रमिक पनि चर्को छ । 

तर, उनै नेपथ्यका मुख्य व्यक्ति अमृत गुरुङको जीवनी भने निकै सामान्य छ । उनलाई तडक-भडक जिन्दगीमा कुनै रुचि छैन । उनी कास्कीको एउटा गाउँमा बस्छन् । जहाँ उनी खेतीपाती गर्ने गर्छन् । आफ्नो पुर्खैली जमिनमा उनी वर्षेनी बाली लगाउने गर्छन् ।

यो लकडाउनको लामो समय उनी कास्कीको त्यहीँ गाउँमा बसे । यहीँ मौकामा उनले मकै भित्राए र अहिले रोपाई गर्न व्यस्त छन् । 

हालै अमृतले रोपाई गरिरहेको केही तस्विरहरु सामाजिक संजालमा निकै भाइरल भइरहेका छन् । जहाँ उनी सामान्य रुपमा रोपाई गरिरहेका छन् । उनले ‘परेली’ अर्थात् खेतालाको साथमा रोपाई गरेको भन्दै फोटो सार्वजनिक गरेका थिए । 

अमृतको यो सामान्य जीवनको धेरैले तारिफ गर्दै आइरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि