बैशाख २०, २०८१, बिहीबार
               

यस्तो बेला ‘फेयर एन्ड लभ्ली’को प्रचार गर्दा प्रियंकाकाे चौतर्फी आलोचना

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

हलिउड तथा बलिउडमा ख्याती कमाएकी अभिनेत्री प्रियंका चोपडा विवादमा तानिएकी छिन् । विश्वभर रंगभेदविरुद्ध आन्दोलन चर्किरहेको समयमा प्रियंकाले ‘फेयर एन्ड लभली’ को प्रचार गरेपछि प्रियंकाको यतिबेला चौतर्फी आलोचना भइरहेको छ ।

जोर्ज फ्लोएडको हत्याको विषयलाई लिएर हालै अमेरिकामा रंगभेदविरुद्धको आन्दोलन चर्किएको थियो । गत मे २५ मा जर्जको प्रहरीको नियन्त्रणकै क्रममा मृत्यु भएपछि निक जोनास र प्रियंका दुवैले ‘ब्ल्याक लाइभ्स म्याटर’ को अभियानलाई समर्थन जनाएका थिए ।

दुवैले अश्वेतको जीवनले पनि अर्थ राख्छ भन्दै सामाजिक सन्जालमा पोस्टहरु गरेका थिए । तर, रंगभेदविरुद्ध आवाज उठाएकी प्रियंकाले यसबीचमै छाला गोरो बनाउने क्रिम ‘फेयर एन्ड लभली’को प्रचार गरेपछि उनलाई मानिसहरुले  सामाजिक संजालमार्फत खुबै विरोध जनाएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि