जेठ ०८, २०८१, मंगलबार
               

मनोरञ्जनका कुनै पनि क्षेत्रमा लकडाउन खुकुलो नहुने

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

सरकारले हाल जारी लकडाउन केही खुकुलो गर्ने निर्णय गरे पनि मनोरञ्जनका क्षेत्रमा भने यो लागू हुुने छैन । 

लकडाउन–लुजडाउनको मोडालिटीमा फनपार्क, सिनेमा हल, डान्स बार, मेला,महोत्सवलगायत सम्पूर्ण मनोरञ्जनका क्षेत्र बन्द रहने हिजो बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 

सम्पूर्ण मनोरञ्जनका क्षेत्र भनेर समेटेसँगै चलचित्रका अलावा सांगीतिक क्षेत्र पनि यसमै समेटिएको छ । गायक, गायिकाले स्टुडियोमा गएर गीतसंगीतको काम पनि गर्न नपाउने भएका छन् । 

२५ जनाभन्दा धेरै जम्मा हुने कुनै पनि कार्य नगर्ने सरकारको नीति भए पनि मनोरञ्जनका सबै क्षेत्र भनेर समेटेका कारण स्टुडियोमा गीत रेकर्डिङ पनि यसैभित्र समेटिएको छ । 
 


कस्तो लाग्यो ?

यो पनि