मंसिर ०७, २०८१, शुक्रबार
               

नायिका महिमा चौधरीलाई भएको त्यो भयानक दुर्घटना

नेपाल फ्ल्यास
जेठ २९, २०७७

ADVERTISEMENT

एजेन्सी । बलिउड नायिका महिमा चौधरीले चलचित्रमा भएको भयानक दुर्घटनालाई सम्झना गरेकी छन् । शाहरुख खान स्टारर फिल्म ‘परदेश’ र सञ्जय दत्तको फिल्म ‘दागः द फायर’ बाट चर्चामा आएकी नायिका चौधरीले आफ्नो सफल करियरलाई ब्रेक लगाउनु परेको कारण बारे कुराकानी गरेकी हुन् ।

नायिका महिमाले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा त्यो दुर्घटनाबारे कुराकानी गरेकी छन् । जुन अजय देवगन र काजोल स्टारर फिल्म ‘दिल क्या करे’ को सुटिङका बेला भएको थियो ।

‘म अजय देवगन र काजोलको होम प्रोडक्सन फिल्म ‘दिल क्या करे’ मा काम गरिरहेको थिएँ । त्यतिबेला बेंगलुरुस्थित स्टुडियो जानमा लागि बाटोमा थिएँ । मेरो कारलाई एउटा ट्रकले ठक्कर दिएपछि भयानक दुर्घटना भयो ।

कारको सिसा मेरो अनुहारभरी छिर्यो । म त्यतिबेला मर्छु जस्तो लागेको थियो । अस्पताल पुर्याउन कसैले पनि मद्दत गरेनन् । अस्पताल पुगेको धेरै समयपछि मात्रै मेरी आमा र अजय आउनुभयो । उठेर अनुहार हेर्दा म तर्सिएँ । जब डाक्टरहरुले अनुहारको शल्यक्रिया गरे, ६७ सिसाको टुक्रा निकाले,’ महिमाले पिंकभिल्लासँग भनिन् ।

उक्त दुर्घटनाका कारण थुप्रै फिल्म हातबाट गुमेको उनले बताइन् । यद्यपि पछि उनले क्रमशः गेस्ट अपियरेन्सको रुपमा पर्दामा फिर्ता हुन थालिन् । ‘हो, त्यतिबेला मानिसहरुले महिमा कहाँ हराइन् पनि भन्न थालेका थिए । म लुकिरहेकी थिएँ, परिवारको साथ र सहयोगमा मैले पुनः बाहिर निस्कने आँट गरेँ ,’ उनले भनेकी छन् ।


कस्तो लाग्यो ?

यो पनि