बैशाख २१, २०८१, शुक्रबार
               

'पाताल लोक'पछि 'बुलबुल' बनाउदै अनुष्का

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

अहिले वेव सिरिज र छोटो चलचित्रले राम्रो बजार लिएको छ । लकडाउनका कारण चलचित्र घरहरु बन्द हुदाँ इन्टरनेटमा वेव सिरिज तथा छोटो चलचित्र हेर्ने दर्शक बढेका छन् । बलिउडकर्मीहरुको पनि वेव सिरिज साथै छोटो चलचित्रमा रुचि बढ्दै गएको छ ।

नायिका अनुष्का शर्माले ‘पाताल लोक’ नामक एक छोटो चलचित्र बनाइन् । नेपालमा विवादित बनेको उक्त चलचित्रलाई बाहिरी देशमा भने निकै रुचाइयो । अनुष्का यहाँ सफल ठहरिइन् । 

उनै, अनुष्का अहिले नयाँ छोटो चलचित्र बनाउने तयारीमा जुटेकी छिन् । उनले ‘बुलबुल’ नामक छोटो चलचित्र बनाउन लागेकी हुन् । चलचित्रको फस्ट लुक सार्वजनिक गर्दै अनुष्काले उक्त चलचित्र बनाउने घोषणा गरेकी हुन् । 

अनुष्काका अनुसार उक्त छोटो चलचित्र नेटफ्लिक्समा सार्वजनिक हुनेछ । २४ जुनमा उक्त चलचित्र रिलिज हुने अनुष्काले जानकारी दिएकी छिन् ।


कस्तो लाग्यो ?

यो पनि