जेठ ०९, २०८१, बुधबार
               

उदयको सुझाव: 'तीन महिनामा छानेर १० चलचित्र रिलिज गरौँ'

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

कोरोनाले सबैभन्दा असर पुर्‍याएको क्षेत्र बनेको छ, चलचित्र क्षेत्र । अन्य व्यावसायहरु बिस्तारै सुरु भएपनि चलचित्र क्षेत्र भने अहिले सुरु हुने अवस्थामा छैन । 

कोरोनाले चलचित्र क्षेत्रलाई पनि ठुलो घाटा गराएको छ । रिलिजको तयारीमा रहेका चलचित्र रोकिएका छन्, छायांकनरात चलचित्र रोकिएका छन् । त्यसको घाटा सम्पूर्ण चलचित्रकर्मीलाई परेको छ । 

लकडाउनपछि चलचित्र क्षेत्र कसरी उठ्ला? कुन चलचित्र कसरी रिलिज गर्ने? दर्शकलाई हलसम्म कसरी तान्ने ? यी विविध प्रश्नको उत्तर चलचित्रकर्मीहरुसँग नै छैन । 

यस्तैमा, चलचित्र संघका निवर्तमान अध्यक्ष, हल संचालक तथा निर्माता प्रदीपकुमार उदय अहिलेको अवस्थामा सम्पूर्ण चलचित्रकर्मी एक भएर अगाडि बढ्नुपर्ने बताउँछन् । उनी अबको ३ महिना छानेर १० वटा मात्र चलचित्र रिलिज गरेर हलमा दर्शकलाई आकर्षित गर्नुपर्ने बताउछन् । ठूलो पर्वमा २ चलचित्र रिलिज गरेपनि अन्य समय एक मात्र चलचित्र रिलिज गर्नुपर्ने उनको बुझाई छ ।

तत्काल रिलिज हुने चलचित्रले हलबाट लगानी सुरक्षित गर्ने अवस्था नरहेको भन्दै चलचित्र विकास बोर्डले अनुदान र प्रोत्साहन दिनुपर्ने उदयको भनाई छ । 

यदी यसरी चलचित्र निर्मता र दर्शकलाई आकर्षित गर्न सके चलचित्र क्षेत्रले चाडो गति लिने उदयको विश्वास छ ।

यो पनि