बैशाख २२, २०८१, शनिबार
               

बलिउडमा अब ६५ वर्ष नाघेकालाई फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी
जेठ २७, २०७७

ADVERTISEMENT

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण प्रभावित भएको भारतीय फिल्मी बजारमा अब सामाजिक दूरी कायम गरी बिस्तारै फिल्मका छायांकन सुरु गरिने भएको छ ।

लकडाउनले रोकिएका फिल्महरु छायांकनका काम अब सुरु गर्ने तयारी भएसंगै मुम्बईको महाराष्ट्र सरकारले अब फिल्मको छायांकन गर्नु परेमा विभिन्न नियमहरु पालना गर्नुपर्ने भन्दै नियम बनाएको छ ।

महाराष्ट्र सरकारले आगामी २० जुनदेखि मुम्बईमा सर्तसहित फिल्मको सुटिङ खुल्ला गर्ने पनि बताएको छ । महाराष्ट्र सरकारले फिल्मको छायांकनमा ६५ वर्षभन्दा माथिका कलाकारलाई प्रतिबन्ध लगाउने निर्णय पनि भइसकेको छ ।

बलिउडमा ६५ वर्षभन्दा माथिका अमिताभ बच्चनदेखि मिथुन चक्रवर्ती, अनिल कपुरसम्मका चर्चित कलाकारहरु पनि छन् । यससँगै ६५ वर्षभन्दा माथिका कलाकारले यो निर्णय ठिक नभएको भन्दै आलोचना पनि गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि