जेठ ०८, २०८१, मंगलबार
               

दयारामले ग्रहण गरे विकास बोर्ड अध्यक्षको पदभर

नेपाल फ्ल्यास
जेठ २६, २०७७

ADVERTISEMENT

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दयाराम दाहालले सोमबार पदभार ग्रहण गरेका छन् । सरकारबाट नियुक्ति पत्र पाएसँगै दयारामले चलचित्र विकास बोर्डको कार्यालय पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । 

विकास बोर्ड पुगेर पदभार ग्रहण गर्दै दयारामले यस पदमा रहेर काम गर्नको लागि सबैको साथ चाहिएको बोलेका छन् । उनले भने, ‘म तपाईहरुकै मान्छे हुँ । यहाँ बसेर काम गर्न तपाईहरुको साथ चाहिन्छ । कृपया साथ दिनुहोला ।’

अहिलेको अवस्थामा विकास बोर्ड अध्यक्षलाई निकै चुनौती देखिन्छ । कोरोनाले थलिएको चलचित्र क्षेत्रलाई उठाउन विकास बोर्डले विशेष पहल गर्नुपर्ने बेला छ । त्यसैले पनि दयारामलाई अध्यक्ष पद चुनौती बनेको छ । 

चलचित्र विकास बोर्डको अध्यक्ष पद विगत ६ महिनादेखि रिक्त थियो । केशव भट्टराईको निधनपछि चलचित्र विकास बोर्ड रिक्त थियो । अब, दयारामको नेतृत्वमा चलचित्र विकास बोर्डले धेरै काम गर्ने चलचित्रकर्मीहरुको आश रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि