जेठ ०९, २०८१, बुधबार
               

‘लुट’सँग हारेपछि पलायन भएका अर्जुन

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

चलचित्र क्षेत्रमा चिनिएको नाम हो, अर्जुन कार्की । ‘जंगली मान्छे, दिदि भाई, हाम्रो मिलन कहिले हुन्छ, वरदान, भगवान सबैको’ लगायतका चलचित्रमा काम गरेका अर्जुन सफल नायकमा पर्छन् । कुनै समय एक्सन स्टारका रुपमा उनको नाम दर्ज थियो । तर, अहिले उनै अर्जुन कार्मी चलचित्र क्षेत्रबाट टाढा छन् ।

किन चलचित्र क्षेत्रबाट टाढा छन् त अर्जुन ? यसको उत्तर सजिलो छ । चलचित्र क्षेत्रमा आएको नयाँ ट्रेण्डका कारण नै उनी चलचित्र क्षेत्रबाट टाढा भएका हुन् । उनी पनि यो कुरालाई स्विकार्छन् । उनी भन्छन्, ‘नयाँ ट्रेण्डमा भिज्न सकिन्छ जस्तो लागेन । त्यसैले आफैँ पछि हटे ।’

उनी चलचित्र क्षेत्रसँग टाढा हुनुको अर्को कारण पनि छ । उनी अभिनित चलचित्र ‘बजार’ र ट्रेण्ड सेटर चलचित्र लुट एकसाथ रिलिज भएको थियो । लुट चलचित्रको अगाडि बजार चलचित्रले पानी भन्न सकेन । अर्जुन भन्छन्, ‘मैले आश गरेको चलचित्र थियो बजार । उक्त चलचित्र पनि असफल भएपछि नयाँ विकल्प खोज्न लागे ।’

चलचित्रको असफलताले उनलाई सगरमाथा चड्ने जोश दियो । अर्जुनले सगरमाथाको चुचुरो चुमेका छन् । त्यहाँ पुगेर शिरासन पनि गरेका छन् । उनीसँग सगरमाथा चड्दाको धेरै अनुभव छ ।

अहिले भने अर्जुन कार्की होटल व्यावसायमा लागेका छन् । उनले दमक र इटहरीमा होटल संचानल गरेका छन् । होटल व्यावसायबाट पनि राम्रो आम्दानी भइरहेको उनी बताउछन् । 

तपाईलाई थाहा छ वा छैन्, अर्जन कार्की अहिलेका चर्चित कलाकार विपिन कार्कीका सहेदार दाई हुन् । भाईले चलचित्र क्षेत्रमा आफ्नो गतिलो उपस्थिती जनाइरहेको समयमा अर्जुनलाई पनि कमब्याक गर्ने मन छ । उनी भन्छन्, ‘कोही राम्रो विषयबस्तु र राम्रो स्कृप्ट लिएर आउनु हुन्छ भने पक्कै कमब्याक गर्नेछु ।’


कस्तो लाग्यो ?

यो पनि