जेठ ०८, २०८१, मंगलबार
               

कोरोनाले फिल्म क्षेत्रमा पुर्‍याएको असर

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

कोरोनाको महामारीबाट जनजीवन र अर्थतन्त्र शिथिल बन्न थालेपछि सरकारले विस्तारै लकडाउन खुकुलो बनाउने रणनीति अघि सारेको छ ।

तर, अन्य उद्योग व्यवसाय सञ्चालनमा आएपनि नेपाली चलचित्र क्षेत्रले भने तत्कालै गति लिने सम्भावना देखिएको छैन । बरु लकडाउन सुरु हुनुभन्दा अगाडि निर्माण र प्रदर्शनका क्रममा रहेका चलचित्रहरु हलसम्म पुग्ने स्थिति नहुँदा झण्डै अर्ब हाराहारीको लगानी जोखिममा परेको छ ।

निर्माताको भनाई अनुसार एक चलचित्र निर्माणको सरदर रेट २ करोड हाराहारी हो । यो आकडाले हेर्दा यस वर्ष चलचित्र क्षेत्रमा ठुलै घाटा बेहोर्नु पर्ने देखिन्छ ।

लकडाउन खुलिहाले पनि दर्शक हलसम्म पुग्न सक्ने अवस्था छैन । जबसम्म दर्शकले कोरोनालाई बिर्सिदैनन्, तबसम्म हलमा दर्शक पुग्न डराउछन् । त्यसको घाटा पनि अहिले निर्माण भएका चलचित्रमा निर्माताले बेर्होर्नु पर्छ । 

हुनत यो समय निर्मातामात्र होइन, हलवाला पनि मार्कामा परेका छन् । काठमाडौं उपत्यका तथा बाहिर गरि देशभर दुई सय भन्दा बढी चलचित्र भवनहरु छन् । अहिले ती सबै बन्द छन् । ८५ प्रतिशत सिनेमा घरहरु बैंकको ऋण सञ्चालकहरु बताउँछन् । उक्त ऋण र व्याजको चपेटा हलवालालाई पनि परेको छ । 

लकडाउनकै कारण चलचित्र क्षेत्रमा संलग्न दुई लाख हाराहारी कर्मचारीहरु बेरोजगार छन् । हल बन्द भएपनि हल सञ्चालकहरुले कर्मचारीलाई भने केही प्रतिशत तलब दिइरहेका छन् ।

यो सबै जोड्दा हलहरुले लकडाउनका दुई महिनामा मात्रै करिव ४ अर्बको नोक्सानी ब्यहोर्नुपरेको सञ्चालकहरुको दाबी छ । 

ठुलो पूर्वाधार सहितका चलचित्र हलहरु बन्द भएपछि निर्माताहरु भने अनलाईन प्लेटफर्मको बैकल्पिक उपायबाट भएपनि सिनेमा प्रदर्शनमा ल्याउने मनस्थितिमा छन् । लगानी अनुसारको आम्दानी नहुने र इन्टरनेटको पहुँच कमजोर भएकोले छिट्टै प्रदर्शन गरेर लगानी उठाउन भने कठिन हुने देखिन्छ ।


कस्तो लाग्यो ?

यो पनि