जेठ ०८, २०८१, मंगलबार
               

प्लेन चढाएर मजदुरलाई घर फर्काउदै सोनु

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सोनु सुद यतिबेला चर्चामा छन् । उनले गरेको सहयोगले उनलाई चर्चामा ल्याएको हो । 

सोनुले दैनिक ज्याला मजदुरी गर्नेहरुलाई ठुलो सहयोग गरेका छन् । भलै उनको सहयोग आर्थिक थिएन, तर उनी अफ्ट्यारो परेका मजदुरको लागि भगवान सावित भएका छन् । 

लकडाउनका कारण घर जान नपाएका वा बाटोमा नै थुनिएका मजदुरलाई सोनुले घरसम्म पुर्‍याइदिए । उनले धेरैलाई बस र ट्रेनमार्फत् घर पठाउने काम गरेका थिए । उनले १२ हजार भन्दा बढिलाई घरसम्म पुर्‍याइदिएका छन् ।

अब भने सोनुले बस र ट्रेनबाट होइन, प्लेनबाट मजदुरलाई घर पठाउन थालेका छन् । भारतमा आन्तरिक उडान खुलेसँगै सोनुले १ सय ७० जना मजदुरलाई हवाईमार्फत् घर पठाएका हुन् ।

पर्दामा भिलेनको रुपमा देखिने सोनु मजदुरको लागि भने रियल हिरो सावित भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि