जेठ ०९, २०८१, बुधबार
               

विकास बोर्ड अध्यक्षमा दयाराम नियुक्त

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

चलचित्र विकास बोर्ड नेपालको अध्यक्ष पदका लागि दयाराम दाहाल छनोट भएका छन् । विकास बोर्डमा सदस्य समेत भइसकेका उनी बिहिबार अध्यक्ष पदको लागि चुनिएका हुन् । 

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले लेखक, निर्माता तथा निर्देशक दाहाललाई बोर्डको अध्यक्षको रुपमा नियुक्ति दिएको हो । 

बोर्ड अध्यक्ष बन्नका लागि दश जना चलचित्रकर्मीले आवेदन दिएका थिए । जसमा, दयारामसहित ३ जनाको नाम मन्त्री परिषद्मा पुगेको थियो ।

मन्त्री परिषद्मा अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, सांस्कृति संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा र दाहालको नाम सिफारिस भएको थियो ।

अबको केही दिनमा नै दयारामले अध्यक्षको बार्यभार सम्हाल्नेछन् ।


कस्तो लाग्यो ?

यो पनि