नायक बरुण धवनले दुई चलचित्रबाट हात झिकेका छन् । उनले साइन गरिसकेको दुई चलचित्र 'मिस्टर लेले' र 'रणभूमि'बाट हात झिकेका हुन् ।
चलचित्र 'कलंक' र ‘स्ट्रिट डान्सर’ असफल भएपछि बरुण करिअरलाई लिएर केही गम्भिर देखिएका छन् । उनले लकडाउनको समयमा धेरै सोचेर यी दुई चलचित्रमा काम नगर्ने निर्णय लिएका हुन् ।
कमेडी कथामा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’ टिमसँग बरुणले समय नमिलेको भन्दै हात झिकेको निर्देशक शशांक खैतानले बताएका छन् ।
त्यस्तै, रणभूमि परियड ड्रामा चलचित्र भएकाले यस चलचित्रमा काम गर्ने मन नभएको बरुणको भनाई छ ।
यो बर्ष बरुण अभिनित ‘कुल्ली नम्बर १’ रिलिज हुनेछ । जुन चलचित्रलाई बरुणाका पिता डेभिड धवनले निर्देशन गरेका छन् । चलचित्रमा सारा अलि खानको मुख्य भूमिका रहेको छ ।