पछिल्लो समय उत्कृष्ट हास्यव्यंग्य खुराक प्रस्तुत गर्दै आएका कलाकार नविन दाहालले यसपटक भने लकडाउनमा आधारित एक व्यंग्य भिडियो सार्वजनिक गरेका छन् ।
एकातिर सरकारको सुस्त कार्यशैली त अर्कोतर्फ मजदुर, किसानबाहेक शक्तिको आडमा स्वतन्त्र घुमफिरले लकडाउनको धज्जी उडाएको भन्दै बारम्बार लकडाउनको म्याद थपिएकोमा भरपुर व्यंग्य गरिएको छ ।
प्रधानमन्त्रीको सम्बोधनले जनताका लागि के–के सम्बोधन भए भन्ने बिषयमा नक्कली पात्र प्रधानमन्त्रलाई उठाइएको छ । “प्रधानमन्त्रीको जनताको लागि बन्देजमुलक सन्देश” नाम दिइएको उक्त भिडियोले अहिलेको ताजा गतिविधिलाई चोटिलो प्रहार गरेको छ ।