बैशाख २२, २०८१, शनिबार
               

सलमानले गरे स्यानिटाइजर सहयोग

नेपाल फ्ल्यास
जेठ १९, २०७७

ADVERTISEMENT

बलिउड अभिनेता सलमान खानले कोरोनाबाट प्रभावित बनेका धेरैलाई सहोग गर्दै आइरहेका छन् । भोका मजदुरदेखि उनी चलचित्र प्राविधिकलाई समेत सहयोग गरिरेहका छन् ।

यस्तैमा, सलमानले मुम्बई प्रहरीलाई १ लाख ह्यान्ड स्यानिटाइजर सहयोग गरेका छन् । सलमानले स्यानिटाइजर सहयोग गरेको भन्दै महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले ट्वीटरमार्फत सलमान खानलाई धन्यवाद दिएका छन् ।

अग्रपंक्तिमा रहेर काम गरिरहेका प्रहरीहरुलाई स्यानिटाइजरको अत्यावस्यक हुने भएकाले सहयोग गरेको सलमानको भनाई छ । सलमानले आफैँले लन्च गरेको स्यानिटाइजर सहयोग गरेका हुन् । उनले केही दिन अघिमात्रै 'फ्रेस' नामक स्यानिटाइजर लन्च गरेका थिए ।

अहिले सलमान आफ्नो फार्म हाउसमा बस्दै आएका छन् । कोरोनाका कारण सलमानको चलचित्र ‘राधे’को छायांकन भने रोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि