मंसिर ०६, २०८१, बिहीबार
               

दीपक बज्रचार्यको सचेतनामुलक 'द कोरोना सङ' सार्वजनिक

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

गायक दीपक बज्राचार्यले कोरोनाबाट बच्ने समेचनतामुलक गीत सार्वजनिक गरेका छन् ।

'द कोरोना सङ' नाम दिइएको यस गीतमा कोरोनाबाट बच्नको लागि अपनाउनु पर्ने उपायहरु बताइएको छ ।

रिकी शाक्यको शब्द र दीपककै संगीत रहेको गीतमा दीपकसँगै उनकी छोरी चेरिसा बज्राचार्यको पनि स्वर सुन्न सकिन्छ । 

गायक दीपक बज्राचार्यले युनिसेफ दक्षिण एसियाको सहकार्यमा यस गीत तयार पारेका हुन् । 

यस गीत जनचेतनाको लागि तयार भएकाले यसमा अंग्रेजी ‘सब टाइटल’ समेत राखिएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि