कात्तिक ०२, २०८१, शुक्रबार
               

आफ्नी बहिनीलाई जोगाउन अक्षय कुमारले गरे पूरा फ्लाइट बुक

नेपाल फ्ल्यास
जेठ १८, २०७७

ADVERTISEMENT

एजेन्सी । कोरोना भाइरसको कारण विश्वका विभिन्न देश जस्तै भारत पनि लकडाउनको स्थितीमा रहेको छ । जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फँसेका छन् । यस विषम परिस्थिति जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् ।

यसको लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् । यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नी बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् । सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

विमानमा चारजना यात्रा
कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैन थिए । तसर्थ उनले पूरा फ्लाइट नै बुक गरेका छन् ।

मुम्बईबाट दिल्लीको लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले जनाएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् ।


कस्तो लाग्यो ?

यो पनि