बैशाख २३, २०८१, आइतबार
               

पारिश्रमिक घटाएर काम गर्न तयार बलिउड कलाकार

नेपाल फ्ल्यास
जेठ १६, २०७७

ADVERTISEMENT

कोरोनाका कारण बलिउडले ठुलो घाटा बेहोर्नु परेको छ । रिलिजको तयारीमा रहेका चलचित्र रिलिज हुन पाएनन् भने कतिपय चलचित्रको छायांन रोकियो । छायांकनका लागि बनाइएका सेटहरु पनि नष्ट भए ।

अझै पनि चलचित्र हल कहिले खुल्ने र हलमा दर्शक कहिले फर्किन्छन् भन्ने एकिन छैन । तुरुन्तै चलचित्र क्षेत्रमा माथी उठ्न गाह्रो छ ।

यो अवस्थामा चलचित्र बन्नको लागि पनि समस्या हुने देखिएको छ । लगानी बढी र कमाई कम हुने भएकाले निर्माताहरु अहिलै चलचित्र बनाउन सुरिने अवस्था छैन । 

यस्तो अवस्थामा केही कलाकार भने आफ्नो पारिश्रमिक घटाएर काम गर्न तयार भएको बताउँदै आएका छन् । 

नायक रणवीर कपुर र नायिका आलिया भट्टले त छायांकनरत चलचित्र 'ब्रम्हाश्त्र'कै पारिश्रमिक घटाइदिने बताइसेका छन् ।

त्यस्तै, पछिल्लो समय निकै रुचाइएका अभिनेता कार्तिक आर्यनले पनि आफू पारिश्रमिक घटाएर काम गर्न तयार भएको बताइरहेका छन् ।

नायिका कट्रिना कैफ, तापसी पन्नु लगायतका कलाकारले पनि आफ्नो पारिश्रमिक कम गर्न तयार भएको अभिव्यक्ति दिइरहेका छन् ।

नायक ऋतिक रोशन आफू पारिश्रमिक लिएर काम नगर्ने बताइरहेका छन् । चलचित्रको नाफाबाट सेयर लिएर काम गर्न सक्ने उनको भनाई छ ।


कस्तो लाग्यो ?

यो पनि