बैशाख १६, २०८१, आइतबार
               

रिलिजबारे सोचेर टाउको दुखाउने मन छैन: सुदर्शन थापा

नेपाल फ्ल्यास
जेठ १५, २०७७

ADVERTISEMENT

पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको चलचित्र 'म यस्तो गीत गाउँछु २' रिलिजको तयारीमा थियो । रिलिजको एक साता मात्र बाकीँ हुदाँ चलचित्र पूर्ण रुपमा तयार भइसकेको थियो । 

तर, कोरोनाका कारण हल बन्द हुदाँ चलचित्र रिलिज हुन पाएन । चलचित्र अनिश्चित समयको लागि पछाडि धकेलियो । 

कोरोनाका कारण नेपाल पूर्ण रुपमा लकडाउन हुदाँ अब चलचित्र हल कहिले खुल्ने हो र 'पेन्डिङ' रहेका चलचित्रहरु कहिले रिलिज हुने हुन् पत्तो छैन । 

चलचित्र 'म यस्तो गीत गाउँछु २'को हालत पनि उस्तै छ । अहिले नै चलचित्रको रिलिज मिति तय गरिहाल्ने अवस्था छैन । 
निर्देशक सुदर्शन थापा अहिले नै रिलिजको विषयमा सोचेर टाउको दुखाउने मन नभएको बताउँछन् । उनले भन्ने गरेका छन्, 'अहिले नै यो विषयमा सोचेर टाउको दुखाउन हुन्न । यसको बारेमा पछि नै सोचौला ।'

त्यस्तै, कलाकारद्वय पल र पूजा पनि यस विषयमा अन्योल नै छन् । चलचित्र कहिले रिलिज होला उनीहरुलाई पत्तो छैन । 

तर, पल र पूजा चलचित्र रिलिज भएपछि दर्शकको साथ पाउनेमा विश्वस्त छन् ।

यो पनि