बैशाख २२, २०८१, शनिबार
               

युट्युबमा रुचाइयो सलमानको 'भाई-भाई'

नेपाल फ्ल्यास
जेठ १४, २०७७

ADVERTISEMENT

दुई दिन अगाडि सलमान खानको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सलमानकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको 'भाई-भाई' बोलको गीतलाई अहिले दर्शकले निकै रुचाएका छन् । 

रिलिजको दुई दिनमा नै यस गीतले डेढ करोड भन्दा बढि भ्युज पाएको छ । गीतलाई २० लाख भन्दा बढि दर्शकले लाइक गरेका छन् भने १ लाख २५ हजार भन्दा बढि दर्शकले गीतमा प्रतिकृया दिएका छन् । 

यस गीतले हिन्दु र मुश्लिम बीचको दुरीलाई घटाउनु पर्ने सन्देश दिएको छ । गीतमा हिन्दु र मुश्लिम भाई-भाई भएको र झगडा गर्न नहुने बताइएको छ ।

गीतमा साजिद वाजिदको संगीत संयोजन रहेको गीतमा सलमानसँगै रूहान अर्षदको स्वर, सलमान र दानिश सब्रीको शब्द, रूहानको र्‍याप र साजन सिंहको कोरियोग्राफी रहेको छ । 

आदित्य देवको निर्माण गरेको यस भिडियोलाई साजन सिंहले खिचेका हुन् । भिडियो सम्पादन रितेश सोनीले गरेका हुन् ।

 


कस्तो लाग्यो ?

यो पनि