बैशाख २२, २०८१, शनिबार
               

सलमानको १५ चलचित्र, जसले सय करोड माथिको कमाई गरे

नेपाल फ्ल्यास
जेठ १३, २०७७

ADVERTISEMENT

बलिउडमा नायक सलमान खानले नयाँ नयाँ रेकर्ड राखिरहेका हुन्छन् । चलचित्र हिट वा फ्लपले उनको करिअरलाई कुनै पनि असर पारेको छैन । 

किनकी, सलमान खानले बनाएको रेकर्ड तोड्न बलिउडका अन्य नायकलाई मुश्किल पर्ने देखिएको छ । उनले भन्ने गर्छन्, ‘मेरो फ्लप चलचित्रले पनि अरुको हिट चलचित्रको भन्दा बढि कामई गर्छ ।’

पछिल्लो समय सलमान अभिनित चलचित्र ‘दबंग ३’ रिलिज भएको थियो । यस चलचित्रले बक्स अफिसमा धमका नै पिट्यो । यस चलचित्रले २ सय ३० करोड माथिको व्यापार गरेको थियो । 

यो चलचित्रसँगै सलमान अभिनित १५ वटा चलचित्र सय करोड कमाउन सफल छन् । उनको ब्याक टू ब्याक १५ वटा चलचित्र सय करोड कमाउन सफल भएका छन् । 

सलमान अभिनित ‘भारत, सुल्तान, टाइगर जिन्दा हे र बजरंगी भाइजान’ ३ सय करोड कमाउन सफल छन् । यस्तै, ‘दबंग ३, प्रेम रतन धन पायो र किक’ले २ सय करोड कमाएका थिए ।

सलमानको १५ वटा चलचित्र लगातार सय करोड क्लबमा प्रवेश गरेसँगै यो नयाँ रेकर्ड समेत बनेको छ । उनी अभिनित ‘एक था टाइगर, रेश ३, बडिगार्ड, दबंग २, दबंग ३, दबंग, रेडी, ट्यूबलाइट, जय हो, टाइगर जिन्दा हे, सुल्तान, बजरंगी भाइजान, किक, प्रेम रतन धन पायो’ सय करोड क्लबमा छन् ।


कस्तो लाग्यो ?

यो पनि