जेठ ०२, २०८१, बुधबार
               

नाम जुद्धा वर्षालाई तनाव !

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

अहिले सामाजिक संजालको ट्रेण्डिङमा छिन्, नायिका वर्षा राउत । सिमा विवादको विषयमा दिएको एक अभिव्यक्तिले वर्षालाई विवादित बनाएको हो । धेरैले उनलाई गाली गरिरहेका छन् । 

वर्षा राउतको गल्तीका कारण अर्की नायिका वर्षा सिवाकोटीले पनि गाली खाइरहेकी छिन् । नाम मिल्न जादाँ सिवाकोटीले पनि गाली खान परेको छ । 

आफूलाई धेरैले गाली गर्दै प्रतिकृया दिएको र म्यासेज गरेको भन्दै उनले एक स्टाटस नै लेखेकी छिन् । उनले लेखेकी छिन्, 'नमस्कार म वर्षा सिवाकोटी । कमेन्ट र म्यासेज गर्दा पूरा नाम पढ्नुहोला ।'

नाम जुधेका कारण यी दुई कलाकार पहिल्यैदेखि समस्यामा परिरहेका हुन्छिन् । नाम जुधेकै कारण उनीहरु एक समय दुश्मन नै बनेका थिए । अहिले दुबैको 'वार' देखावटी रुपमा शान्त भएको छ ।

यो पनि