जेठ ०१, २०८१, मंगलबार
               

प्रियंका भन्छिन्, 'वर्षालाई माफ दिनुस्'

नेपाल फ्ल्यास
जेठ १२, २०७७

ADVERTISEMENT

नेपाल-भारत बीच चलिरहेको सिमा विवादको विषयमा बोलेपछि नायिका वर्षा राउत निकै विवादित बनिन् ।

उनले त्यहाँ यस विवादका कारण आफूलाई भारतिय साथीसँग फेस गर्न गाह्रो भएको बोलेकी थिइन् । साथै हाम्रो हो भन्दैमा झगडा गरेर नहुने समेत उनको भनाई थियो । जसका कारण उनी ट्रोल बनिन् ।

आफ्नो चर्को आलोचना भएपछि वर्षाले सामाजिक संजालमा लामो स्टाटस लेख्दै माफी मागिन् । आफूलाई राष्टको माया भएको भन्दै उनले आत्मालोचना समेत गरिन् । उक्त माफी पश्चात् पनि वर्षालाई ट्रोल गर्न छोडिएको छैन ।

यस्तैमा, नायिका प्रियंका कार्कीले वर्षाको समर्थन गर्दै एक स्टाटस लेखेकी छिन् । उनले वर्षाले माफी मागेकाले अब उसलाई माफी दिन आग्रह गरेकी छिन् ।
प्रियंकाको स्टाटस जस्ताको त्यस्तै:
 
बर्षालाई बर्सिरहेको गाली, गलौज, अपशब्द चारैतिर देखेर मन दुखेको छ । साह्रै चित्त दुखेको छ । उनलाई झन कस्तो भइरहेको होला ।
बर्षाको अन्तर्वार्तामा म पनि सँगै थिएँ । हो, म मान्छु उनको बोलीको शैली, शब्दहरुको छनोट र प्रस्तुतीकरणले गर्दा सारा नेपालीहरुको चित्त दुखेको छ । सारा नेपालीहरु उनलाई हर कदमले नियालिरहेका छन् ।

पब्लिक फिगर हुन त्यति सजिलो छैन, त्यो पनि म मान्छु । देशको विषयमा बोल्दा त झन धेरै विचार पुर्‍याएर बोल्नु पर्छ, किनकी राष्ट्रियताको कुरा आउँदा जो पनि अलि गम्भिर हुन्छ । हुनै पर्यो नि देशको सार्वभौमिकताको कुरा हो । उनले आफ्नो माफी पत्रमा दर्शाए बमोजिम आफ्नो अन्तर्वार्तामा परिपक्वताको समान स्तर देखाएकी भए यो परिस्थिति आउँदैन्थ्यो सायद ।

जे हुनु भैसक्यो देश गल्ती त सबैबाट हुन्छ नि हैन र ? तर त्यस्को मतलब देशको माया नभएको होइन । नेपाललाई जे सुकै होस्, लगे लगुन भन्ने आशय उनको कदापी थिएन, कुनै नेपालीको हुँदैन । बोल्ने तरिका मिलेन, आशय गलत होइन । यो बुझ्न जरुरी छ । 

हो यो गल्ती उनलाई देखाइदिनुस्, अबबाट ध्यान पुर्याएर बोल्नु, भन्नुहोस्, सुझाव दिनुहोस्, उनलाई थाहा नभएको कुरा सिकाइदिनुहोस् । अनावश्यक र अश्लिल गाली गलौच नदिनुस् । उनले माफी पनि मागि सकिन् ।

हामीले हाम्रा चेलीलाई माफ नगरे कसले गर्छ ? हाम्रो चेलीको इज्जतको रक्षा गर्ने हाम्रो कर्तव्य हो नि होइन र ?

यो पनि