बैशाख १८, २०८१, मंगलबार
               

सिमाको विषयमा बोल्दा विवादित बनिन् वर्षा

नेपाल फ्ल्यास
जेठ ११, २०७७

ADVERTISEMENT

अहिले नेपाल-भारत बीच सिमाको विषयलाई लिएर विवाद चर्किएको छ । नेपालले आफ्नो अतिक्रमणमा परेको भू-भाग समेटेर नयाँ नक्सा जारी गरेसँगै यो विवाद सुरु भएको हो । 

धेरै नेपालीहरु नेपालको पक्षमा लिएर विभिन्न अभिव्यक्तिहरु दिइरहेका छन् । नेपालले भूमि फिर्ता गर्न चालेको कदमको चौतर्फी तारिफ भइरहेको छ । 

त्यो माथि भारतलाई नै कर्मथलो बनाएकी नायिका मनिषा कोइरालाले पनि नेपालको समर्थनमा बोल्न भ्याइन् । जुन कुराको भारतमा विरोध भयो भने नेपालमा प्रशंसा । देशको पक्षमा आवाज उठाएकोमा उनलाई धेरैले तारिफ गरेका थिए । 
तर, नेपालमा नै रहेर नेपाली भूमिलाई नै कर्मथलो बनाएकी नायिका वर्षा राउत भने देशको पक्षमा चर्को स्वर गर्न सकिनन् । उनले एक अन्तरवर्तामा नेपालको पक्षमा बोल्न सकिनन् । जसका कारण उनी विवादमा मुछिएकी छन् । 

उनको दिएको अन्तरवार्ताको एउटा भिडियो क्लीप सामाजिक सञ्जालमा भइरल नै भएको छ ।

भिडियो क्लीपमा वर्षा भन्छिन्, ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले मसित कसरी फेस गर्ने भइरहेको छ ।’

वर्षालाई यहाँ देशको भन्दा पनि आफ्नो भारतिय साथीहरुको बढि चिन्ता भएको देखिन्छ । जुन कुराको धेरैले चर्को विरोध गरिरहेका छन् ।

भारतमा नै काम गरेर करोडौ शुभचिन्तक कमाएकी मनिषालाई त्यो कुराको मतलव नहुदाँ वर्षाले फेसबुकमा भएका २-३ भारतिय साथीको लागि यस्तो बोल्न नहुने धेरैको आक्रोष छ । कतिपयले त वर्षालाई नै भारत पठाइदिन पर्ने समेत बोलेका छन् ।


कस्तो लाग्यो ?

यो पनि