बैशाख २१, २०८१, शुक्रबार
               

छायांकन सेट मिस गर्न थाले अनमोल

नेपाल फ्ल्यास
जेठ ०८, २०७७

ADVERTISEMENT

नायक अनमोल केसीलाई अहिलेको समय सायदै फुर्सद मिल्थ्यो होला । व्यस्त नायक अनमोल चलचित्र 'ए मेरो हजुर ४'को छायांकनमा हुन्थे । 

तर, कोरोनाको कारण छायांकन रोकिदा अनमोल फुर्सदिला बनेका छन् । उनी अहिले घरमा चलचित्र हेरेर दिन बिताइरहेका छन् ।

झण्डै २ महिनादेखि एक्सन-कट सुन्न नपाएका अनमोललाई अब भने चलचित्रको छायांकन सेटको याद आउन थालेको छ । बुधबार आफ्नो इन्स्टाग्राममा एउटा फोटो सेयर गर्दै अनमोलले आफूले चलचित्रको छायांकन मिस गरेको लेखेका छन् । 

उनले लेखेका छन्, ‘ए मेरो हजुर ४ को सेट मिस गर्दैछु ।’ 

झरना थापाले निर्देशक गरिरहेको यस चलचित्रमा अनमोलले सुहाना थापासँग जोडी बाँधेर काम गरेका छन् । चलचित्रले दशैंलाई रिलिज लक्ष्य बनाएको थियो । तर, कोरोनाको त्रासले दशैंमा चलचित्र रिलिज हुने हो वा होइन भन्ने प्रश्न सुरु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि